+
+

चितवनको माडीमा बुवालाई खुकुरी हान्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १५:४०

१४ कात्तिक, चितवन । चितवनको माडी नगरपालिकाको रामराज्यपुरीमा आफ्नै बुबालाई खुकुरी प्रहार गरी फरार रहेका छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

माडी नगरपालिका ६ घर भएका ६५ बर्षीय रामबहादुर गुरुङलाई गएराति टाउकोमा खुकुरी प्रहार गरी फरार भएका छोरा राजन गुरुङलाई माडीकै मजुवा गाउँबाट प्रहरी पक्राउ गरेको हो । रामबहादुरको टाउकोमा गम्भीर चोट लागेको छ ।

अत्याधिक रक्तश्राव भएपछि उनलाई थप उपचारका लागि भरतपुरको चितवन मेडिकल कलेजमा ल्याइएको छ । पक्राउ परेका छोरा राजनलाई इलाका प्रहरी कार्यालय बसन्तपुर माडीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?