+
+

माओवादीको चुनावी प्रतिबद्धता : कृषकलाई अनुदानै अनुदान

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १६:१३

१४ कात्तिक, काठमाडौं । कृषि क्षेत्रको विकासका लागि कृषकलाई मनग्य अनुदान र सहुलियतको व्यवस्था गर्ने घोषणा गर्दै नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

सोमबार सनार्वजनिक निर्वाचन प्रतिबद्धता पत्रमा ‘समृद्ध किसान, देशको सान, आत्मनिर्भर कृषि, हाम्रो अभियान’ नाराका साथ कृषि क्षेत्रका विकासका योजना समेटिएको छ । कृषि वस्तुको आयात घटाउन र मुलुकको अर्थतन्त्रको आधार कृषिलाई बनाउन कृषि क्षेत्रको विकास अपरिहार्य भएको माओवादी केन्द्रको घोषणापत्रमा उल्लेख छ ।

आगामी पाँच वर्षभित्र प्रमुख खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, अन्डा र दूधमा मुलुकलाई आत्मनिर्भर तुल्याउने र कृषि उपजको निर्यात उल्लेख्य रूपमा बढाउन कृषकलाई राज्यबाट मनग्य अनुदानको व्यवस्था गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

उक्त पार्टीको घोषणा अनुसार सामूहिक फार्म स्थापना गरी कृषि कार्य गर्दा कृषि पूर्वाधार निर्माण तथा आधुनिक बिउ–बिजन, मल तथा कृषि औजार खरिदका लागि अनुदान दिइने छ । निजी जमिन उत्पादनमूलक सामूहिक व्यवसायको लागि करारमा दिँदा त्यस्तो जमिनको लिज भाडाबापत लाग्ने कर पहिलो तीन वर्ष मिनाह गर्ने व्यवस्था गरिने उल्लेख छ । यस्तै मुलुकभित्रै उन्नत तथा वर्णशंकर जातका बिउको अध्ययन–अनुसन्धान तथा उत्पादन बढाइने छ ।

बिउ उत्पादन गर्ने कृषकहरूलाई उत्पादनको आधारमा सिधै पाउने गरी प्रोत्साहन अनुदानको व्यवस्था गरिने पनि घोषणापत्रमा उल्लेख छ । तेलजन्य र गेडागुडीजन्य वस्तुको आयात घटाउन त्यस्ता बालीको खेती गर्ने कृषक तथा कृषि फार्मलाई उत्पादनको आधारमा नगद अनुदान दिने, कृषक, युवा तथा महिलाहरूको सामूहिक कम्पनी तथा सहकारीलाई कृषि उपजको सङ्कलन, भण्डारण, ग्रेडिङ, प्याकेजिङ र ब्रान्डिङ गरी स्वदेश तथा विदेशमा बिक्री व्यवस्थापन गर्न प्रोत्साहन गरिने र त्यस प्रकारका कृषि उपजको बजार व्यवस्थापन गर्ने कम्पनी तथा सहकारीलाई पूर्वाधार निर्माण तथा कृषि ढुवानी साधनका लागि अनुदान तथा भंसार छुटको व्यवस्था गरिने उल्लेख छ ।

कृषि व्यवसायका लागि परियोजना धितोमा सहुलियतपूर्ण कृषिकर्जा प्रदान गर्ने व्यवस्था गरिने, सहुलियतपूर्ण कृषि कर्जाको दायरा बढाइने, माछापालन, पशुन्छीपालन, कृषि उपजको प्रशोधन र बजारीकरण सम्बन्धी कार्यका लागि प्रयोग भएको विद्युतमा महसुल छुटको व्यवस्था गरिने, स्वदेशमा उत्पादन भएका प्रमुख कृषि वस्तुहरूको उत्पादन लागतलाई छिमेकी मुलुकहरूसँगको लागतभन्दा बढी नहुने तुल्याउन ती मुलुकहरूको उत्पादन लागतको तुलनात्मक अध्ययन गराई अध्ययनको सुझावअनुसार अनुदान तथा सहयोगको व्यवस्था गरिने माओवादीको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

वडास्तरसम्म कृषि तथा पशुपन्छी तर्फका विषय विज्ञ प्राविधिकहरू परिचालन गर्ने, कृषि मल समयमै आयात गरी बाली लगाउनुअघि नै खेतबारीमा पुग्ने व्यवस्था गरिने र मसिनो चामलको बढ्दो आयातलाई प्रतिस्थापन गर्न प्रदेश सरकार तथा स्थानीय तहसँगको सहकार्यमा तराईका भू-भागमा १०० बिघाभन्दा ठूला चक्लाहरूमा सुगन्धित मसिनो धानको खेती गर्ने कार्यक्रम लागु गरिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?