+
+

दक्षिण कोरियाको विदेशी जनसङ्ख्या घट्दो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १९:३२

१४ कात्तिक, सियोल। दक्षिण कोरियाको विदेश मन्त्रालयले सन् २०२१ मा लगातार दोस्रो वर्ष विदेशी जनसङ्ख्या घटेको जनाएको छ ।

गृह तथा सुरक्षा मन्त्रालयका अनुसार सन् २०२१ को नोभेम्बर १ मा यहाँ विदेशी नागरिकको सङ्ख्या २१ लाख ३४ हजार ५६९ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १.० प्रतिशतले कम हो ।

सन् २००६ मा तथ्याङ्क सङ्कलन गर्न थालिएयता सन् २०२० मा विदेशी जनसङ्ख्यामा पहिलो पटक गिरावट आएको र सन् २०२१ मा दोस्रो वर्ष घट्दो क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

विदेशी कामदार, विद्यार्थी र विवाहित आप्रवासीसहित दक्षिण कोरियाली नागरिकता नभएका विदेशी नागरिकको सङ्ख्या गत वर्षको नोभेम्बर १ मा १६ लाख ४९ हजार ९६७ पुगेको थियो । यो सन् २०१९ को तुलनामा २.७ प्रतिशतले कम हो ।

उक्त अवधिमा अङ्गीकृत दक्षिण कोरियालीहरूको पढाइ ५.९ प्रतिशतले बढेर दुई लाख १० हजार ८८० पुगेको छ भने विदेशी नागरिकका छोराछोरीको सङ्ख्या ४.६ प्रतिशतले बढेर दुई लाख ७३हजार ७२२ पुगेको छ ।

राजधानी सियोल आसपासको ग्योन्गी प्रान्तमा गत वर्ष ७ लाख १४ हजार ४ सय ९७ विदेशी नागरिक बसोबास गरेका थिए । यो कूल सङ्ख्याको ३३ दशमलव ५ प्रतिशत हो । त्यसपछि धेरै विदेशीको बसोबास सियोलमा २० प्रतिशत र पश्चिमी बन्दरगाह शहर इन्चोनमा ६.३ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?