+
+

सशस्त्रका २ जना सई निलम्बित, आचरण विपरीत काम गरेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते ९:०५

१५ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरीले आचरणविपरीत काम गरेको भन्दै दुई जना नायव निरीक्षक (सई) लाई निलम्बन गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत गोविन्द सुवेदी र बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत कृष्णबहादुर मगरलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाएको सशस्त्र प्रहरी बलका निमित्त प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

सुवेदीमाथि सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरु पुर्‍याई कार्यालय फर्कने क्रममा दिइएको जिम्मेवारी सही ढंगले निर्वाह नगरेको आरोप छ ।

यही कात्तिक ४ गते सुवेदीको नेतृत्वको टोली चढेको सशस्त्रको ट्रक बाणगंगा नगरपालिकाको सिउटीमा दुर्घटना भएको थियो । जसमा तीन जना सशस्त्र र एक जना सर्वसाधारणको मृत्यु भएको थियो भने सुवेदीसहित तीन जना घाइते भएका थिए ।

कृष्णबहादुर मगरमाथि भने गत असोज २० गते भारतीय भूमिमा मृत्त अवस्थामा फेला परेका सहायक निरीक्षक सत्य नारायण यादवको घटनाको प्रारम्भि छानबिनमा विभागीय नीति तथा आदेश विपरीत काम गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?