
काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई भारतको महाराष्ट्र सरकारले वाई प्लस श्रेणीको सुरक्षा प्रदान गर्ने निर्णय गरेको छ । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको लरेन्स बिस्नोइ ग्याङले सलमानलाई ज्यान मार्ने धम्की दिएको दिएको विवरण सार्वजनिक भएका थिए ।
सुरक्षा चुनौतीलाई ख्यालमा राख्दै महाराष्ट्र सरकारले सलमानको सुरक्षामा वृद्धि गर्ने निर्णय गरेको हो । बलिउड अभिनेताद्वय अक्षयकुमार र अनुपम खेरलाई पनि सुरक्षा दिने निर्णय भएको छ ।
सलमानलाई मुम्बई प्रहरीले नियमित रुपमै सुरक्षा दिइरहे पनि यतिबेला आएर वाई प्लस श्रेणीको सुरक्षा दिने निधो भएको हो । यसको अर्थ अब सलमानसँग हरेक समय सशस्त्र सुरक्षाकर्मी पनि सँगै हुनेछन् ।
अक्षयकुमारलाई एक्स श्रेणीको सुरक्षा प्रदान गरिने भएको छ । अनुपम खेरलाई पनि यही श्रेणीको सुरक्षा दिइने भएको छ । तर सुरक्षाकर्मी राख्दाको खर्च भने कलाकार आफैंले व्यहोर्ने भएका छन् ।
भारतीय खुफिया एजेन्सीका हालैका विवरणमा लरेन्स बिस्नोइ ग्याङ र गोल्डी ब्रारले सलमानलाई मुम्बईमा हत्या गर्न योजना बुनिरहेको उल्लेख थियो । फिल्म ‘द कश्मीर फाइल्स’पछि अभिनेता खेरलाई सुरक्षा चुनौती थपिएको र अक्षयलाई सामाजिक सञ्जालमा राष्ट्रियतालाई लिएर भइरहेको विरोधलाई लिएर चुनौती थपिएको उल्लेख छ ।
प्रतिक्रिया 4