+
+

रुपन्देहीमा दुर्घटना गराएर फरार भएका कार चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते १५:१२

१५ कात्तिक, बुटवल । रुपन्देहीको ओमसतियामा सोमबार दुर्घटना गराएर फरार कार चालक र लुम्बिनीमा १० लाख रुपैयाँ लुटेर फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

३ जनाको ज्यान जाने गरी दुर्घटना गराएर फरार रोहिणी गाउँपालिका-३ का अजयकुमार चौधरी बा.८.च. ६५३२ नम्वरको टाटा इण्डिका गाडीसहित पक्राउ परेका हुन् ।

चौधरीले उक्त कार सिद्धार्थनगर-४ पिप्रहिया गाँउमा त्रिपालले छोपेर राखेको अवस्थामा सोमबार साँझ बरामद गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए ।

उक्त कारको ठक्करबाट सोमबार बिहान पौने ५बजे ओमसतिया ४ पननीका वर्ष २८ की परमशिला कुर्मी, वर्ष १४ कि सिमा कुर्मी र २ महिनाको श्रीराम कुर्मीको मृत्यु भएको थियो ।

१० लाख लुट्‍ने दुई जना पनि पक्राउ

यसैबीच प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका– ६ महिलावारस्थित लुम्बिनी रेमिट एण्ड कम्युनिकेशनका कर्मचारीको साथबाट १० लाख ९० हजार लुटेर लगेका दुई जनालाई पनि पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत उत्तरप्रदेशको भगवानपुर बस्ने वर्ष २८ का सुनील कुमार सहानी र गोरखपुर थाना रिठुअखओर बस्ने वर्ष २६ को शशिकांत भट्ट रहेका छन् ।

उनीहरुको साथबाट सुन्मिका इण्डस्ट्रियल लेखेको सेमी अटोमेटीक पेस्तोल एक थान, म्याग्जीन एक थान, ५ थान गोली, कटुवा पेस्तोल एक थान, युपी ५८ भी १८१४ नम्वरको भारतिय नम्बरको मोटरसाइकल, मोवाइल एक थान बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?