+
+

चुनाव प्रचारमा हिँडेको गाडीको ठक्करबाट सर्लाहीमा १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते २०:०४

१५ कात्तिक, सर्लाही । सर्लाहीको ब्रम्हपुरीमा चुनाव प्रसारमा प्रयोग गरिएको भारतीय नम्बरको स्कोर्पियोको ठक्करबाट एक जना भारतीय नागरिकको ज्यान गएको छ ।

ब्रम्हपुरी गाउँपालिका ३ भेल्हीमा चुनाव प्रचार प्रसारमा प्रयोग गरिएको बीआर ३० पी ९०८२ नम्वरको भारतीय स्कोर्पियोले ज १० प १३०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार भारत सीतामढीका २२ वर्षीय नेक महम्मदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोख्रेलका अनुसार दुर्घटनामा  मलंगवा नगरपालिका ९ का १२ वर्षीय असलम सफी घाइते भएका छन् ।

ठक्कर दिने गाडी सर्लाही क्षेत्र नं. २ का उम्मेदवार नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवको चुनावी प्रचारमा हिँडेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले बताए ।

मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको तर चालक भने भागेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?