+
+

ट्वीटर भेरिफाइडका लागि अब मासिक ८ डलर तिर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते ७:२३

१६ कात्तिक, काठमाडौं । ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न नीलो रंगको टिक मार्कका लागि अब हरेक महिना आठ डलर तिर्नुपर्ने भएको छ । यो जानकारी ट्वीटरका सीईओ एलन मस्कले दिएका हुन् ।

यसअघि यसका लागि २० डलरको प्रस्ताव राखेका थिए । तर फरक फरक देशको फरक फरक क्रयशक्ति भएकाले क्रयशक्ति समता अनुसार मासिक आठ डलर तोकिएको हो ।

एलन मस्कले ट्वीटरमा लेखेका छन्–आगामी दिनमा पैसा दिनेहरुका लागि कम विज्ञापन, खोज्न र जवाफ दिन सहज, लामो अडियो भिडियो पोष्ट गर्ने लगायतका धेरै सुविधा पाइने छ । यसबाट ट्वीटरको आम्दानी बढ्ने र कन्टेन्ट बनाउनेहरुलाई पनि फाइदा हुने मस्कको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?