+
+

सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रमा शसस्त्रका डीएसपीको कमाण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १४:२५

१६ असार, सर्लाही ।  सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा शसस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा निर्वाचन सुरक्षा वेस खडा भएको छ । ४ मंसिरको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी चारवटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरीले शसस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा जनशक्ति परिचालन गरिएको हो ।

जिल्लाको क्षेत्र नं. १ को सागरनाथ, क्षेत्र नं. २ को मलंगवा, क्षेत्र नं. ३ को हरिवन र क्षेत्र नं. ४ को गोडैतामा निर्वाचन सुरक्षा बेश राखिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा. गण सर्लाहीका सशस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए ।

उनका अनुसार निर्वाचनका लागि जिल्लामा रहेका बाहेक काठमाडौंसहित अन्य ठाउँबाट पनि थप मद्दतमा जनशक्ति खटाइने छ ।

आवश्यकता र संवेदनशीलताको आधारमा जनशक्ति परिचालन हुने र बाहिरी जिल्लाबाट थप मद्दत टोली आइरहेकाले निर्वाचनमा खटिने जनशक्तिको विवरण लिने काम भइरहेको सशस्त्र प्रहरी उपरीक्षक खनियाँले बताए ।

सर्लाहीमा अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित प्रत्येक सुरक्षा निकायहरु निर्वाचन लक्षित सुरक्षा प्रवन्ध मिलाउन लागि परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख, प्रहरी उपरीक्षक प्रविण पोख्रेलले जानकारी दिए ।

उनका अनुसार चुनावलाई लक्षित गरी नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानले पनि सुरक्षा योजना बनाइरहेका छन् । सर्लाहीका ४ वटै प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र रहेका भए पनि सर्लाही ४ लाई विशेष संवेदनशील क्षेत्रको रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?