+
+

निर्वाचन बिथोल्ने गतिविधि हुन दिन्नौं : प्रमुख आयुक्त थपलिया

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १७:२७

१६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने गरी कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाएको बताएका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा पत्रकारले विप्लव समूहले निर्वाचन बिथोल्ने घोषणा गरेकोबारे सोधेको प्रश्नमा प्रमुख आयुक्त थपलियाले निर्वाचन बिथोल्ने गतिविधि हुन नदिने बताएका हुन् ।

‘जुन राजनीतिक समूहले जे भनेको छ । त्यो विषयलाई लिएर हुने दंगाहरुको सम्बन्धलाई गम्भीर रुपमा लिएर छलफलमा बसेको पनि छौं’ उनले भने, ‘तदनुसारनै सुरक्षा योजनाको पुनरावलोकन गर्छौं । र, तदनुसारनै कार्यान्वयन हुन्छ । मलाई लाग्दछ–यो निर्वाचन बिथोल्न सक्ने गरी कुनै पनि गतिविधि हुन दिइदैन ।’

निर्वाचन आयोगले निर्वाचन सामग्री ढुवानीमा कुनै गुनासो आउन नदिने गरी काम गर्ने पनि थपलियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?