+
+

स्थानीय चुनावमा गोली चलेको उदयपुरको सोरुङका बासिन्दाले मतदान बहिस्कार गर्ने

ऋषि राई ऋषि राई
२०७९ कात्तिक १६ गते १९:०९

१६ कात्तिक, उदयपुर । उदयपुरमा स्थानीय तहमा गोली चल्दा एक जनाको मृत्यु भएको मतदानस्थलबाट मतदान गर्ने एउटा वडाका बासिन्दाले मंसिर ४ गतेको चुनाव बहिस्कार गर्ने भएका छन् ।

कटारी नगरपालिका १० का राजनीतिक दलहरुको बैठकले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।

गएको वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनको मतदानका दिन कटारी १० को जनता कालिका मावि सोरुङ्ग मतदान केन्द्रमा प्रहरीको गोलीबाट वीरबहादुर कटुवालको ज्यान गएको थियो । उक्त घटनामा मोहनबहादुर श्रेष्ठ घाइते भएका थिए ।

घटना पश्चात स्थानीयबासिन्दाले मतपेटिका उठाउन नदिई शव समेत घटनास्थलबाट उठाएका थिएनन् । समस्या समाधानका लागि तत्कालीन प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव सहितको सुरक्षा निकायको वार्तापछि सहमति मार्पmत मतगणना अघि बढेको थियो ।

घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्ने, दोषिलाई निलम्बन गरी कारबाही प्रकृया अघि बढाउन गृह मन्त्रालयलाई लेखी पठाउने, मृतक परिवारलाई उचित क्षतिपूर्ति तथा मृतकलाई शहीद घोषणा गर्ने, घटनाका घाइते मोहनबहादुर श्रेष्ठलाई उपचार र क्षतिपूर्ति नेपाल सरकारबाट गराउने सहमति भएको थियो ।

त्यो सहमति अहिलेसम्म कार्यान्वयन नभएको भन्दै वडाका दलहरुले आगामी निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको कांग्रेसका वडा सभापति बलबहादुर खत्रीले बताए । ‘राज्यले हाम्रो पीडा नबुझेपछि बाध्य भएर निर्णय गरेका हौं’, उनले भने, ‘वडामा चुनावी कार्यक्रम गर्न उम्मेदवारलाई रोक लगाउने निर्णय पनि गरेका छौं ।’

मतदातामा त्रास कायमै

गएको स्थानीय निर्वाचनका दिन मतदान सकिएपछि मतपेटिका उठाउने क्रममा भएको सामान्य विवादमा प्रहरीले एक्कासी गोली चलाएको स्थानीयबासिन्दा बताउँछन् ।

त्यो घटनालाई नजिकबाट देखेका मतदाताले चुनाव भन्ने वित्तिकै डराउने गरेका छन् । ‘समस्या बढ्दैछ, मतदाता त्यतिवेलादेखि अहिले सम्म डराइरहेका छन्’, धर्म खनालले भने, ‘कुनै पनि निकायले केहि गरेन घाइतेले समेत आपैmंले उपचार गर्नुपरेको छ ।’

‘क’ र ‘ख’ गरी दुई केन्द्र रहेको उक्त विद्यालय वडाकै एउटा निर्वाचनस्थल हो । जिल्लामै संवेदनशील उक्त केन्द्रमा पछिल्लो समय भएका विवादले झनै मतदाता डराएको वडाध्यक्ष क्षेत्रबहादुर खड्का बताउँछन् । ‘अस्ति मात्रै त्यत्रो घटना घट्यो फेरि निर्वाचनअघि नै यस्ता विवादहरु सुनेर मतदाता त्रासमा छन्’, खड्काले भने, ‘स्थानीय सरकारले आप्mनो कर्तव्य निभाएका नै हौं तर केन्द्र सरकारले चासो दिएन ।’

यसअघि पनि पटक पटक वडामा बसेको दलहरुको बैठकले दवावमुलक निर्णय गरे पनि सुनुवाइ नभएको वडाध्यक्ष खड्काको भनाइ छ । उनीहरुले गएको वैशाख ३१ र जेठ १ गते भएको सहमति कार्यन्वयन गर्नुपर्ने माग राख्दै आएका छन् ।

स्थानीय चुनावमा उक्त वडामा १४ सय ६८ मत खसेको थियो । त्यतिवेला एमालेका खड्का वडाध्यक्षमा प्यानल सहित निर्वाचित भएका थिए । वडामा २१ सय ४० मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?