+
+

आर्सनल युरोपा लिगको नकआउट चरणमा, युनाइटेडले प्लेअफ खेल्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते ८:२४

१८ कात्तिक, काठमाडौं । इंग्लिस क्लब आर्सनल युरोपा कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा ज्युरिचलाई १-० ले पराजित गर्दै आर्सनल समूह ए को विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको हो । आर्सनलका लागि काएरन टिर्नेले गोल गरे ।

आर्सनलले ६ खेलबाट १५ अंक जोड्यो । बोडो/ग्लिम्टलाई २-१ ले पराजित गरेको पिएसभी आइन्डहो भने १३ अंक जोडेर दोस्रो स्थानमा रह्यो । पिएसभीले अब युरोपा लिगको नकआउट चरणमा प्रवेशका लागि प्लेअफ खेल्नुपर्नेछ ।

यस्तै अर्को इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले युरोपा लिगमा समूहको अन्तिम खेलमा स्पानिस क्लब रियल सोसिडाडलाई १-० ले हरायो । जितका बाबजुत पनि युनाइटेड समूह ‘ई’ को विजेता भने बन्न सकेन र सिधै नकआउट चरणमा पुग्ने अवसर गुमायो ।

युनाइटेड र सोसिडाडको समान १५ अंक भएपनि गोल अन्तर अघि रहँदै सोसिडाड अन्तिम १६ मा प्रवेश गर्‍यो । अब युनाइटेडले भने अन्तिम १६ मा प्रवेश पाउनका लागि प्लेअफ खेल्नुपर्नेछ ।

युरोपा लिगमा ८ समूहका समूह विजेताहरु सिधै अन्तिम १६ मा प्रवेश गरेका छन् । ८ समूहका उपविजेताले भने युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा तेस्रो हुँदै युरोपा लिगमा घटुवा भएका ८ टिमसँग प्लेअफ खेल्नुपर्नेछ । त्यसबाट विजेता टिम युरोपा लिगको अन्तिम १६ मा प्रवेश गर्ने छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?