+
+

सालको गोलिया काठसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते १४:१३

१८ कात्तिक, वीरगञ्ज । प्रहरीले सालको गोलिया काठसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्सागढी नगरपालिका–९ तेलिया बस्ने २८ वर्षीय अंगद चौधरी र २५ वर्षीय सन्तोष पासवानलाई पक्राउ गरेको हो ।

बिहीबार साँझ ईलाका प्रहरी कार्यालय एकटाँगाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई काठ सहित पक्राउ गरेको थियो । चौधरीले चलाएको बा ११ प ५००८ नम्बरको मोटरसाईकलको बीचमा काठ राखेर पासपान पछाडी बसेका थिए ।

३.५ फिट लम्बाई, ३.५ फिट मोटाई भएको सालको गोलिया काठ चोरी तस्करी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

उनीहरुलाई आवश्यक कानुनी कारवाहीका लागि शुक्रबार मनवा सव–डिभिजन वन कार्यालय सखुवनियामा बुझाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?