+
+

केपी ओलीले भने : एमसीसीबारे प्रचण्डलाई सोध्नुहोस्, हामीलाई होइन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते १७:५८

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे गठबन्धनसँग प्रश्न सोध्न आग्रह गरेका छन् ।

कञ्चनपुरको प्रचार सभामा ओलीलाई एमसीसीबारे सहभागीले प्रश्न गरेका थिए ।

‘एमसीसी गठबन्धनले ल्यायो । पास गर्‍यो । त्यसो भएकाले हामीले केही भनिरहनु पर्छ जस्तो लाग्दैन’ मञ्चबाटै जवाफ ओलीले जवाफ दिए, ‘हामीसँग किन सोध्ने, गठबन्धनलाई सोध्नुहोस् । प्रचण्डलाई सोध्नुहोस् ।’

एमसीसीमा प्रचण्डले दोहोरो भूमिका खेलेको पनि ओलीले बताए ।

‘पोल भत्काउन लगाउने, सडक भत्काउने लगाउने । बाटो भत्काउन लगाउने, मान्छेलाई ढुंगा हान्न लगाउने’ ओलीले भने, ‘अनि संसदको अघिल्लो लाइनमा बसेर हुन्छ भन्दै पास गर्ने । लाज भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?