+
+

कर्णालीलाई हराउँदै एपीएफ प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा

मौसम र आशिफको उत्कृष्ट प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १९ गते १६:१६

१८ कार्तिक, काठमाडौं । एपीएफ क्लब कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा जीतका लागि २३३ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ४८.१ ओभरमा १९० रनमा अल आउट भयो ।

कर्णालीका लागि ओपनर ब्याटर कप्तान रविन्द्र शाहीले सर्वाधिक ८० रन बनाए । उनले १३८ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

विपिन शाहीले ३४ तथा तेस्रो क्रमका ब्याटर अर्जुन घर्तीले २१ बलमा २७ रन बनाए । दिनेश अधिकारीले १७ बलमा २ चौका र १ छक्का सहित २० रन बनाए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् र कर्णाली पराजित भयो ।

एपीएफका लागि मौसम ढकालले सर्वाधिक ४ विकेट लिए  ।कमल ऐरी र भुवन कार्कीले समान २-२ विकेट लिए । कप्तान सरद र पुरन विकले समान १ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफ ४७.२ ओभरमा २ सय ३४ रनमा अलआउट भयो । एपीएफका ओपनर आसिफ शेखले १३६ बलमा १५ चौका र १ छक्कासहित सर्वाधिक १३० रन बनाए । आसिफले १०८ बलमा राष्ट्रिय प्रतियोगिताको आफ्नो पहिलो शतक पूरा गरेका हुन् ।

उनी अन्तिम विकेटको रुपमा प्रकाश जैशीको बलमा बोल्ड आउट भए ।

उनको करिअरको यो दोस्रो शतक हो । आसिफले यसअघि २०१६ को एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा पञ्चकन्या तेजबाट १ सय ११ रन हानेका थिए । उनी टी-२० फ्रेन्चाइजमा शतक हान्ने पहिलो नेपाली खेलाडी हुन् ।

एपीएफका आसिफ बाहेक अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । भुवन कार्कीले २३ र

ओपनर प्रदीप ऐरी २९ बलमा २ चौका र १ छक्कासहित २० रन बनाए ।

कर्णालीका प्रकाश जैशी र दिपेन्द्र रावतले समान ३ तथा दिवन पुनले २ र दिनेश अधिकारीले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?