+
+

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको एक वर्षको आम्दानी १४ करोड, खर्च ८ करोड

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १८:०७
फाइल तस्वीर

२० कात्तिक, काठमाडौं । गत २ जेठदेखि व्यावसायिक सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले आर्थिक वर्ष (आव) २०७८/७९ मा १४ करोड रुपैयाँ आम्दानी गरेको छ ।

विमानस्थल कार्यालयको तथ्यांक अनुसार यस आवमा आन्तरिक उडान सेवाबाट १२ करोड ८५ लाख ८७ हजार रुपैयाँ र अन्तर्राष्ट्रिय उडान सेवाबाट १ करोड ५ लाख ५० हजार रुपैयाँ गरी कुल १३ करोड ९१ लाख ३७ हजार रुपैयाँ आम्दानी भएको छ । यस अवधिमा खर्च भने ८ करोड २८ लाख रुपैयाँ बराबरको भएको छ ।

विमानस्थलले १ करोड २४ लाख ९८ हजार रुपैयाँ पूँजीगत र ७ करोड ३ लाख रुपैयाँ चालु खर्च गरेको तथ्यांक छ ।

२ जेठमा अन्तर्राष्ट्रिय उडान सुरु भएको यो विमानस्थलमा आन्तरिक उडान भने १७ फागुनदेखि नयाँ धावनमार्गबाट सुचारु भएको हो । त्यसअगाडि पुरानो धावनमार्गबाट आन्तरिक उडान भइरहेको थियो । कार्यालयका अनुसार अहिले दैनिक १८ देखि २५ वटा उडान यस विमानस्थलबाट भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?