+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गौतमबुद्ध विमानस्थल हरहमेसा चल्नुपर्छ : प्रचण्ड

भैरहवामा उद्योग व्यापार संगठनको ज्ञापन–पत्र बुझ्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हरहमेसा चल्नुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ४ गते १७:३९

४ वैशाख, बुटवल । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हरहमेसा चल्नुपर्ने बताएका छन् ।

आफ्नै नेतृत्वको सरकारको पालामा धेरै मेहनत गरेर विमानस्थल सञ्चालनमा आएको उल्लेख गर्दै प्रचण्डले अहिलेको सरकारले घोषणा अनुसारका काम नगर्दा अप्ठेरो अवस्था आएको बताए ।

बिहीबार भैरहवामा उद्योग व्यापार संगठन भैरहवाको ज्ञापन–पत्र बुझेपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले सरकार विभिन्न दबाबमा परेर विमानस्थलमा आवश्यक श्रम स्वीकृति, मेडिकल जाँच लगायतका कार्यालय स्थापना गर्ने घोषणा लागू नगरेको टिप्पणी गरे ।

ज्ञापनपत्रमा विमानस्थललाई तत्काल पूर्ण क्षमतामा नियमित रूपमा सञ्चालन गर्न आवश्यक नीति, पूर्वाधार र स्रोत व्यवस्थापन गर्नुपर्ने, अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरूलाई नियमित गर्न सरकारको पहलमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, निजी तथा अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई यही विमानस्थल हुँदै उडान गर्न प्रोत्साहन दिने नीति तथा सहजीकरण (कर छुट, सेवा शुल्क छुट) गरिनुपर्ने र विमानस्थल सञ्चालनमा देखिएको प्राविधिक तथा प्रशासनिक समस्याहरूको शीघ्र समाधान गरिनुपर्ने माग छ ।

यस्तै, गौतमबुद्ध विमानस्थललाई दोस्रो मुख्य अन्तर्राष्ट्रिय प्रवेशद्वारको रूपमा विकास गर्ने राष्ट्रिय नीति तथा रणनीतिमा उच्च प्राथमिकता दिनुपर्ने, लुम्बिनी क्षेत्रको धार्मिक पर्यटनलाई जोड्दै विशेष पर्यटक प्याकेज विकास गरी विमानस्थलमा चाप बढाउने पहल गर्नुपर्ने संगठनले माग गरेको छ ।
यस्तै, विमानस्थलमा व्यापार र निर्यात प्रवर्द्धनका लागि एयर कार्गो सेवा विस्तार गर्नुपर्ने तथा स्थानीय र निजी क्षेत्रसँग सहकार्य गरी विमानस्थलको दिगो सञ्चालनको सुनिश्चितता गर्नुपर्ने संगठनको माग छ ।

ज्ञापनपत्रमा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी विमानस्थलको पहिचान प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने, वैदेशिक रोजगारमा जाने यात्रुहरूको लागि वन–स्टप सेवा केन्द्र (श्रम स्वीकृति, मेडिकल जाँच, ओभरसिज इम्प्लोइमेन्ट इजाजत, बीमा, इम्बार्केशन, काउन्सेलिङ आदि एकै स्थानबाट उपलब्ध हुने) स्थापना गर्नुपर्ने, वैदेशिक रोजगार विभागको क्षेत्रीय कार्यालय स्थापना गर्नुपर्ने र विमानस्थलमा श्रमिक सहायता काउन्टर स्थापना गर्नुपर्ने पनि उल्लेख छ ।

लेखक
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?