+
+

‘हल्ट प्राइज’ आयोजना गर्ने तयारी गर्दै द ब्रिटिस कलेज

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १५:२०

काठमाडौं । थापाथलीस्थित ‘द ब्रिटिस कलेजले यस पटक पनि ‘हल्ट प्राइजको आयोजना गर्ने भएको छ । हल्ट प्राइज फाउन्डेशनद्वारा स्थापित यस कार्यक्रम उद्यमशीलता, नवप्रवर्तन र स्टार्ट–अपहरूको क्षेत्रलाई प्रोत्साहन गर्ने उदेश्यले सञ्चालन हुँदै आएको छ।

यस कार्यक्रममार्फत सहभागीहरूले आफ्ना सृजनात्मक विचारहरू निर्णायक मण्डलमाझ प्रस्तुत गर्न सक्ने आयोजकले जनाएको छ।

आयोजकका अनुसार कार्यक्रममा मुख्यतः चार चरणहरू हुन्छन् । जसमा अन–क्याम्पस, क्षेत्रीय, ग्लोबल एक्सेलेरेटर र ग्लोबल फाइनल रहेका छन्। यी चरणहरु पार गरेपछि निर्णायकहरुले विजेताको घोषणा गर्नेछन्। विजेताले लगानीको लागि १ मिलियन डलर प्राप्त गर्नेछन्।

हल्ट प्राइज संयुक्त राष्ट्र संघमा आधारित कार्यक्रम हो जुन हरेक वर्ष विश्वविद्यालयस्तरका विद्यार्थीहरूका लागि दीगो विकास लक्ष्यहरू आधारित विभिन्न विषयवस्तुहरूका लागि १२० देशहरूमा आयोजना हुँदै आएको छ । यस वर्षको विषय भने ‘रिडिजाइनिङ फेसन’ रहेको छ।

यसअघि हल्ट प्राइज फाउन्डेसनद्वारा केन्याको नैरोबीमा आयोजना भएको ‘सेन्ट्रल साउथ एशिया प्रोग्राम अफ द इयर’ कार्यक्रमको लागि ब्रिटिस कलेजले ग्रिष्म तिवारी र सन्दीप यादवलाई छनोट गरी सहभागी हुन पठाएको थियो।

द ब्रिटिस कलेज २०२२–२०२३ को हल्ट प्राइजका लागि प्रज्वलिता विष्ट यस वर्षको पहिलो महिला क्याम्पस निर्देशकमा नियुक्त भएकी छन् । उनीसँग दुई डीसीडी, सन्दीप यादव र सुजित ज्ञवालीसहित २० जना आयोजक समितिका सदस्यहरु रहेका छन् । समितिले कार्यक्रमको तयारी थालिसकेका छन् । तयारीस्वरुप २९ भदौमा राष्ट्रिय बाल दिवसको अवसरमा सेन्ट जेभियर्स स्कुलका पूर्व विद्यार्थीहरूसँग यौन दुर्व्यवहारको शिकार भएका बालबालिकाहरूको हेरचाह गर्ने एनजीओलाई सामग्री प्रदान गर्ने उदेश्यले आर्थिक संकलनमा सहभागिता जनाएको थियो ।

निर्देशक विष्टका अनुसार कार्यक्रममा सहभागी हुन इच्छुक टीबीसीका विद्यार्थीहरुले नोभेम्बरको मध्यसम्म आवेदन दिन सक्नेछन् । इच्छुक सहभागीहरूले तीन देखि पाँच सदस्यहरूको टोली बनाउन सक्नेछन् । टोलीका सदस्यहरु एउटै विश्वविद्यालयको हुनुपर्ने छ । एक जना सदस्य भने अर्को संस्थाको हुन सक्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?