२० कात्तिक, फर्साटिकर (रुपन्देही) । रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यमा बहालवाला गृहमन्त्री बालकृष्ण खाँणसँग प्रतिस्पर्धामा रहेका राप्रपा नेता दीपक बोहरा हिजोआज बोल्दैनन् । उनको आँखामा पनि समस्या देखिएको छ । लङ कोभिड यसको कारक हो । उनका सहयोगीका अनुसार १५ मंसिरसम्म बोहराले बोल्न मिल्दैन ।
त्यसैले उनका प्रचार सहयोगीका रुपमा पूर्वगृहमन्त्री निरञ्जन थापा सहभागी छन् । एमाले–राप्रपा–जसपासहितको यो गठबन्धनले बोहरालाई संयुक्त उम्मेदवार मानेको छ । अघिल्लो ०७४ को चुनावमा बोहरा कांग्रेसको सहयोगमा यहाँबाट उम्मेदवार उठेका थिए । एमालेका तर्फबाट त्यसबेला उठेका घनश्याम भूसालले फराकिलो अन्तरले बोहरालाई हराएका थिए ।
यसपल्ट भूसाल एमालेमा छैनन् । उनले क्षेत्र परिवर्तन गर्दै रुपन्देही १ रोजेका छन् । अघिल्लोपल्ट कांग्रेसको समानुपातिक सुचीमा बसेका खाँण यसपल्ट प्रत्यक्ष लड्ने तयारीमा छन् । बोहराका तर्फबाट सबै प्रचार अभियानमा मुख्य वक्ता रहेका निरञ्जन थापाले आफ्नो समर्थन रहेका उम्मेदवारको जित हुनेमा आशावादी रहेको बताए ।
अनलाइनखबरसँग रुपन्देहीको शुद्धोदन गाउँपालिकामा कुरा गर्दै थापाले भने, ‘अब बोहराजी साझा उम्मेदवार हुनुभयो । किनभने उहाँलाई अघिल्लोपल्ट कांग्रेसले उठाएको थियो । यसपल्ट एमालेले ।’
निरञ्जन थापासँग यो भिडियो वार्ता
भिडियो : शंकर गिरी/अनलाइनखबर
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4