+
+

रकम फिर्ता गर्न नसकेपछि बचतकर्तालाई जग्गा दिंदै देउराली सहकारी संस्था 

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १७:४१

२० कात्तिक, काठमाडौं । ललिपुरको देउराली बहुउद्देशीय सहकारी संस्थाले रकम फिर्ता गर्न नसकेपछि बचतकर्तालाई जग्गा पास गरिदिएको छ ।

सहकारी संस्थामा समस्या परेपछि बचतकर्ता केदारप्रसाद चौलागाईंको संयोजकत्वमा बचतकर्ता प्रतिनिधि कमिटी बनाइएको थियो । सोही कमिटीकै प्रतिनिधिलाई सहकारीले नवलपरासीमा रहेको ४ बिघा १९ कठ्ठा जग्गा पास गरिदिएको सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले बताए ।

बचतकर्ता प्रतिनिधि कमिटीमा रहेका कृष्णप्रसाद कँडेल, जीवन श्रेष्ठ र नकुलप्रसाद आचार्यको संयुक्त नाममा दर्ता गरिएको गृहम विल्डर्स एण्ड कन्सल्ट्यान्सको नाममा गत शुक्रबार नबलपरासीको ४ बिघा १९ कठ्ठा जग्गा पास गरिदिएको सहकारीका अध्यक्ष चौलागाईंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संस्थाको कमजोरीका कारण देउराली बहुउद्देशीय सहकारीले बचतकर्ताहरुको रकम फिर्ता गर्न सकेको थिएन । बचतकर्ताको रकम फिर्ता गर्न नसकेर समस्याग्रस्त अवस्थामा रहेकोले ठूला बचतकर्ताहरुलाई जग्गा दिने कामको थालनी गरिएको सहकारीले जनाएको छ ।

चालु पूँजी अभावमा बचत फिर्ता गर्न नसकेपछि सहकारीका अध्यक्ष चौलागाईंले दुइ महिना अघि सदस्यहरुको भेला गरेर जग्गा दिने बचन दिएका थिए ।

साना बचतकर्ताहरुलाई भने सहकारीले आलोपालो दैनिक ५ हजारका दरले संस्थाको ३ वटै शाखाबाट बचत फिर्ता दिइरहेको जनाएको छ ।

बचतकर्ताहरुलाई संयमित हुन आग्रह गर्दै कर्मचारीहरुलाई तनाव सिर्जना गरिदिने जस्ता कामहरु नगरिदिन देउराली सहकारीले अनुरोध पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?