+
+

बाराको जीतपुरसिमरा ७ का वडा अध्यक्ष सुनिल गुप्ता रिहा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १९:२३

२० कात्तिक, वीरगञ्ज । बारा क्षेत्र नं‍. ४ को निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेपछि दिउँसो पक्राउ परेका वडा अध्यक्ष सुनिल गुप्तालाई प्रहरीले रिहा गरेको छ ।

समर्थकहरुले रिहाइको माग गर्दै त्रिभुवन राजमार्ग नै अवरुद्ध गरेपछि प्रहरीले स्थितिलाई साम्य पार्न वडा अध्यक्ष गुप्तालाई रिहा गरेको हो ।

बारा क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय समेत रहको जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयमा तालाबन्दी गरेको आरोपमा वडा अध्यक्ष गुप्तालाई प्रहरीले दिउँसो पक्राउ गरेको थियो ।

गुप्ता वडा नं. ७ जीतपुरका वडा अध्यक्ष हुन् । निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेकोले गुप्तालाई पक्राउ गरिएकोमा पछि छोडिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

अबका दिनमा यस्तो गल्ती नगर्ने शर्तमा वडा अध्यक्ष गुप्तालाई छोडिएको उनको भनाइ छ । वडा अध्यक्ष गुप्तासँगै पक्राउ परेकी वडा सदस्य सिता उप्रेतीलाई पनि प्रहरीले रिहा गरेको छ ।

वडा अध्यक्ष गुप्ताले भने वडामा सरसफाइ प्रभावकारी नहुँदा लामखुट्टेको प्रकोप बढेर डेंगुको संक्रमण फैलिएपछि औषधि छर्कन अनुरोध गर्न नगरपालिका गएको बताएका छन् । मेयर राजन पौडेल, प्रमुख प्रशासकीय अधिकृत लगायतलाई फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्न पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि आइतबार जनतासहित कार्यालयमा गएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?