+
+

मकवानपुरमा बसले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते ११:१८

२१ कात्तिक, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको सुनाचुरीमा बसले ठक्कर दिंदा मोटरसाइकल चालकको घटनास्थलमैं मृत्यु भएको छ ।

काकरभित्ताबाट काठमाडौंतर्फ जाँदै गरेको बा५ख ७९४३ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३००३ प४९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मनहरी गाउँपालिका–६ नयाँबस्तीका २९ बर्षीय अबिनास गोलेको मृत्यु भएको हो ।

बस चालक हेटौंडा-१९ नेवारपानीका ५१ वर्षीय मदनकुमार गोले प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतकको शब हेटौंडा अस्पतालमा राखिएको प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?