+
+

‘ब्ल्याक आडम’लाई चीनमा प्रतिबन्ध, अभिनेता ब्रोसनानले दलाई लामा भेटेपछि बेइजिङ सशंकित

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते ११:२९

काठमाडौं । हलिउड स्टुडियो डीसीको पछिल्लो सुपरहिरो फिल्म ‘ब्ल्याक आडम’लाई चीनले प्रदर्शनमा प्रतिबन्ध लगाएको छ ।

फिल्मलाई प्रतिबन्ध लगाइनुमा यसको कथावस्तुको कारण चाहिं होइन । फिल्मका अभिनेता पियर्स ब्रोसनानले निर्वासित तिब्बती धर्मगुरु दलाई लामाबारे विगतमा दिएको एक अभिव्यक्तिको कारण उक्त फिल्मलाई रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनले यसअघि पनि दलाई लामा निकट र तिब्बतलाई लिएर विवादित अभिव्यक्ति दिएका केही हलिउड कलाकारलाई स्थायी रुपमै प्रतिबन्ध लगाइसकेको छ । तिब्बत मामिलालाई लिएर चीन संवेदनशील देखिन्छ भने अमेरिकाले तिब्बत र सिन्जियाङ क्षेत्रको मानवअधिकार मुद्दाबारे अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउने गरेको छ ।

ड्वेन जोन्सन स्टारर यो हलिउड फिल्म विश्वकै ठूलो फिल्म बजार समेत रहेको चीनमा रिलिज नहुँदा यसले व्यापारमा धक्का लागेको छ । गत महिना रिलिज भएको फिल्मले विश्वव्यापी २०० मिलियन डलर कमाइ गरेको छ ।

फिल्ममा पियर्स ब्रोसनानले हेनरी फेट नामक पात्रको भूमिकामा अभिनय गरेका छन् । चीनमा प्रतिबन्ध लगाइएको भन्ने खबर चाहिं गत साता आयोजित एक फोरमबाट सार्वजनिक भएको हो । ती अभिनेताले दलाई लामालाई भेटेको खबर बाहिर आइसकेको छ ।

चीनले कोटा आधारमा हलिउड फिल्मलाई प्रदर्शनको अनुमति दिने गरेको छ । डीसीकै अघिल्लो फिल्म ‘आक्वाम्यान’ले चीनमा २९१ मिलियन डलर कमाएको थियो । यो कमाइ फिल्मको विश्वव्यापी कमाइको २५ प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?