+
+

त्रिविले १५ महिनासम्म नतिजा नदिएको भन्दै धादिङमा विद्यार्थीको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १३:४१

२१ कात्तिक, काठमाडौं । धादिङ सदरमुकाम धादिङवेशीस्थित नीलकण्ठ बहुमुखी क्याम्पसका विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलयले स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक गर्न ढिलाई गरेको भन्दै प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुले आइतबार ‘शिक्षामा राजनीति गर्न पाइदैन यस्तो विश्वविद्यालय चाहिँदैन, संख्यामा विश्वकै पहिलो गुणस्तरमा विश्वकै अन्तिम, खै रिजल्ट मुसाले खायो खै मुसा टियूभित्र पस्यो’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

त्रिवि परीक्षा नियन्त्रण कार्यलयले बीबीएस प्रथम वर्षको परीक्षा गत वर्षको साउन महिनामा सञ्चालन गरेको थियो । लामो समयसम्म नतिजा नदिँदा विद्यार्थीहरुलाई स्वभाविक रुपमा मानसिक दबाब बढ्ने सहायक क्याम्पस प्रमुख देवीप्रसाद अधिकारीले बताए ।

उनी भन्छन् ‘पहिलो वर्षका विद्यार्थीहरु तेस्रो वर्षमा पुगे ढिला नतिजा आउँदा परीक्षा विग्रेकाहरु पहिलोको पढ्ने कि दोस्रोको मानसिक दबाबमा छन् ।’ विद्यार्थीहरुको समस्या बुझेर त्रिवि पनिकाले छिटो नतिजा निकाल्नुपर्ने उनको भनाई छ ।

प्रदर्शनमा आएका विद्यार्थी कैलाश श्रेष्ठ त्रिवि पनिकाले नतिजा निकाल्न ढिला गरेर विद्यार्थीको भविष्य अन्योलमा पारिरहेको आरोप लगाए । उनले भने, ‘सबैले सबै परीक्षा राम्रो गरेका हुँदैनन् । मौका परीक्षाबाट राम्रो गर्छन् तर थर्ड इयर पढाई भएको तीन महिना भयो पहिलोकै नतिजा आएको छैन । यसले विद्यार्थीको भविष्य अन्योल बनाइरहेको छ ।’

समयमा नतिजा सार्वजनिक हुँदा प्रथम, दोस्रो वर्षको परीक्षामा विषय लागेका विद्यार्थीहरुले फेरि परीक्षा दिँदा पास गरे र तेस्रो वर्षको नियमित पास गरे स्नातकोत्तर अध्ययनका लागि नरोकिने अवस्था भए पनि नतिजा ढिला हुँदा अब रोकिनुपर्ने अवस्था देखिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?