+
+

तीव्र उतारचढाबका बीच नेप्सेमा एकल अंकको गिरावट, कारोबार रकम २ अर्ब नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १५:२८

२१ कात्तिक, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । दिनभर तीव्र उतारचढाब देखिएको बजार परिसूचक नेप्से अन्तिममा ६.४३ अंक (०.३३ प्रतिशत) को सामान्य गिरावट भएर बन्द भएको छ ।

सोमबार व्यापार, लगानी, जीवन बीमा, अन्य र म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ । उत्पादनमूलक उपसूचक सर्वाधिक १.२१ प्रतिशतले गिरावट भएको छ ।

गत साता लगातार तीन दिन बढेर बिहीबार भने घटेको नेप्से आइतबार २.२५ प्रतिशतले वृद्धि भएको थियो । तिहार अगाडि १८५९.४९ अंकमा बन्द भएको नेप्से २० कात्तिक आइतबार १९६५.३६ अंकमा पुगेको थियो । एक सातामा १०० अंक भन्दा माथिले नेप्सेमा वृद्धि हुँदा लगानीकर्ताले नाफा बुक गर्ने प्रयास गरेको थिए । जसले गर्दा सोमबार नेप्सेमा तीव्र उतारचढाब देखियो भने कारोबार रकम पनि बढेर २ अर्ब नाघेको छ ।

सोमबार नेप्से ४९ लाख ४४ हजार ७६ कित्ता सेयर कारोबार हुँदा २ अर्ब १० करोड ९१ लाख ६३ हजारको कारोबार भएको छ । जसमध्ये जाल्पा सामुदायिक लघुवित्तको सर्वाधिक १५ करोड १६ लाख १३ हजार रुपैयाँको कारोबार हुँदा शिवम् सिमेन्टको ११ करोड ३९ लाख ५० हजार र नेस्डो समृद्धि लघुवित्तको १० करोड ६२ लाख ४० हजारको कारोबार भएको छ ।

सोमबार बजारमा कुल १८६ कम्पनीको सेयर कारोबार हुँदा १२६ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ५६ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

सोमबार धौलागिरी लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.१३ प्रतिशतले वृद्धि हुँदा जाल्पा सामुदायीक लघुवित्तको सेयर मूल्य ६.९३ प्रतिशत र आरबीबी म्युचुअल फण्ड १ को इकाइ मूल्य ४.६४ प्रतिशतले वृद्धि भएको छ ।

ग्लोबल आईएमई बैंकको सेयर मूल्य सर्वाधिक ५.७० प्रतिशतले गिरावट हुँदा सपोर्ट लघुवित्तको सेयर मूल्य ५.६६ प्रतिशत र आशा लघुवित्तको सेयर मूल्य ४.४३ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?