+
+

घनश्याम भूसालले ल्याए प्रतिबद्धता पत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १६:४७

२१ कात्तिक, बुटवल । रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वएमाले नेता घनश्याम भूसालले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

प्रतिबद्धतापत्रमा देवदहलाई विश्व सम्पदा सूचीमा सुचीकृत गर्न पहल गर्ने, रुपन्देहीको दक्षिणी क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार कम भएकाले समानुपातिक ढंगले विकास गर्ने उल्लेख छ ।

यस्तै पालिकास्तरीय अस्पताल निर्माण गर्ने र प्रत्येक वडामा स्वास्थ्यचौकी बनाउने, अव्यवस्थित बसोबासी र भूमिहीनको समस्या सधैंका लागि अन्त्य गर्ने, औद्योगिक क्षेत्र र देवदह मण्डप बनाउने  पनि भूसालले प्रतिबद्धता जनाएका छन् ।

सोमबार प्रतिबद्धता सार्वजनिक गर्दै भूसालले देवदहलाई युनेस्कोको सम्पदा सूचीमा सूचीकृत गर्न आफ्नो प्राथमिकता रहने बताए । उनले संविधान, लोकतन्त्र र संघीय गणतन्त्रको रक्षा गर्नका लागि आफ्नो उम्मेदवारी रहेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?