+
+

फिल्म ‘तिम्रो मेरो साथ’को गीतमा टिकटक प्रतिस्पर्धा आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १७:३६

काठमाडौं । साम्राज्ञी शाह र पुष्प खड्का स्टारर ‘तिम्रो मेरो साथ’ले टिकटक भिडियो प्रतिस्पर्धा आह्वान गरेको छ । निर्माता रमेश एमके पौडेलको निर्देशकीय डेब्यु फिल्मले ‘रुमालै बाटेर टाइ बनाम’ बोलको गीतमा टिकटक भिडियो प्रतिस्पर्धा गर्न लागेको हो ।

फिल्मको यो गीतले युट्युबमा रिलिज भएको सात दिनमा ११ लाख भ्युज पार गरेको थियो । प्रतिस्पर्धामा भाग लिन चाहनेले गीतको बोलमा तीनवटा ह्यास ट्याग प्रयोग गरेर भिडियो बनाउनुपर्नेछ ।

ती तीन ह्यासट्यागमा रुमाल बाटेर, तिम्रो मेरो साथ र रमेश एमके पौडेल छन् । सहभागीले यी ह्यासट्यागको प्रयोग गरेर भिडियोलाई आफ्नै एकाउन्टमा अपलोड गर्नुपर्नेछ । अन्तिम नतिजा पुस २६ गते घोषणा गरिने भएको छ ।

फिल्ममा साम्राज्ञी र पुष्पसहित सन्दीप क्षेत्री, इमिली लामा, सरोज खनाल, दीपिशा केसी, खड्गबहादुर पुन (खबपु)को मुख्य भूमिका छ । सबीर श्रेष्ठ र बाबुराम निरौलाले संयुक्त रुपमा फिल्म लेखेका हुन् ।

‘तिम्रो मेरो साथ’ पुस २९ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?