+
+

युरोप आए सपना बुने, नेपालमै अस्ताए

वसन्त रानाभाट वसन्त रानाभाट
२०७९ कात्तिक २२ गते ६:५०

२२ कात्तिक, बार्सिलोना । परिवारको भविष्य सुनिश्चित बनाउने उनको सपना थियो । लाखौं रुपैयाँ खर्च गरेर उनी पोल्याण्ड आए । त्यहाँ पनि उनले भविष्य उज्ववल देखेंनन्। पोल्याण्ड छोडेर  उनि स्पेन आए। यही बसेर वर्षौ संघर्ष गरे। रेसिडेन्सी कार्ड बनाए। तर मनग्य धन कमाउन भने सकेनन्।

जनक सापकोटाको परिवारसँगै यतै सेटल हुने सपना थियो। तर, उनी ३९ वर्षकै उमेरमा मृत्युवरण गर्न पुगे । शरीर ढलेसँगै अब उनका सपनाहरूको पनि मृत्यु भइसकेको छ ।

काभ्रेपलान्चोक जिल्ला पनौती नगरपालिका वडानम्बर १ मूल घर भएका सापकोटा विगत पाँच वर्षदेखि स्पेनमा बस्दै आएका थिए। उनी दशैंतिहार मनाउन छुट्टीमा नेपाल पुगेका थिए।

२१ सेप्टेम्बर २०२२ मा उनले उत्साहका साथ बार्सिलोनास्थित एलप्रात विमानस्थलबाट फेसबुकमा पोष्ट गरेका थिए, ‘आफ्नै घर फर्किंदै’ । तर उनै जनक घर त फर्किए तर स्पेन कहिल्यै नफर्किने गरी जन्म देशमै अस्ताए ।

उनका दाजु रामचन्द्र सापकोटाका अनुसार मेडिसिटी अस्पतालमा ३ नोभेम्बर ११:१५ बजे सेप्टिक सकका कारण निधन भएको मेडिकल रिपोर्ट रहेको छ।

‘जनक नोभेम्बर १ मा  बिहान ११ बजे आफैं मोटरसाइकल चलाएर किष्ट पोलिक्लिनिक गए । त्यहीँबाट गाह्रो भयो भन्दै मलाई फोन गरेको थियो। डाक्टरले टिजी र कोलेस्ट्रोल रिपोर्ट नर्मल नदेखिएको भन्दै  तुरुन्तै राम्रो अस्पतालमा लैजान सुझाव दिए’, उनले भने, ‘हामी गणेशमान मेमोरियल त्यसपछि मेडिसिटी अस्पताल पुग्यौं । नोभेम्बर २ मा आईसीयू र भेन्टिलेटरसहित उपाचार भयो। मिर्गौलाले पनि काम गर्न छोडेर पिसाब हुन छाड्यो । बेलुकी ७ बजे डायलाइसिस सुरु भयो । अन्तत:  सेप्टिक सकको तत्कालीन कारण देखाई मृत्यु घोषणा भयो।’

परिवारको विचिल्ली

मृतक सापकोटाको परिवारमा श्रीमती, ८ वर्षीय एक छोरी  र ६ वर्षका एक छोरा रहेका छन् । मृतकका ८२ र ७२ वर्षीय मातापितासमेत रहेका छन् । चार दाजुभाइ र पाँच जना दिदीबहिनीहरू रहेको ठूलो परिवारमा जनकको असमायिक निधनले ब्रजपात परेको छ।

स्पेन निवासी सरला सापकोटाले परिवारलाई अझै सम्हालिन ग्राहो रहेका बताइन्। हाल नेपालमै रहेकी सापकोटाका भनिन्, ‘आफन्त र भेट्न आउने छिमेकीहरु साना साना बच्चाहरू र उनकी श्रीमतीको अवस्था देखेर भावविहोल हुन्छन्। पुराण सुनाउने पण्डितलाई त्यहाँको अवस्थाले पुराण सिध्याउन पनि कठिन परेको छ।’

सहयोगको अपील

पारिवारिक स्रोतका अनुसार जनकको आफ्नै १० लाख रुपैयाँ ऋण रहेको छ। ‘६ र ८ वर्षका छोराछोरीहरुको भविष्यबारे पनि सोच्नु पर्नेछ। पारिवारिक सल्लाह अनुसार नै स्पेनको नेपाली समुदायमा सहयोगको अपील गरेका छौं,’ छिमेकी समेत रहेकी सरला सापकोटाले बताइन्।

‘युरोप बसेको भन्ने बित्तिकै कमाई भइहाल्छ भन्नु छैन। तीन वर्ष दु:ख गर । कागाज बनाऊ। घर आउँजाउँ खर्च । अब केही गर्ने बेलामा यस्तो अकल्पनीय घटना घट्यो । सबैले आफ्नै पीडा सम्झेर सहयोग गर्न म अपील गर्दछु,’ उनले भनिन्, ‘श्रीमती, छोराछोरी र परिवारको अवस्था मेरै आँखाले देखेकी छु। उनको सपनाको घर बीचैमा टुटेको छ । मल्हम लगाउने काम अब हामी सबैको हो।’

उनको मेडिसिटी अस्पतालमा उपाचारका क्रममा तीन लाख सैंतीस हजार नौ सय पन्ध्र रुपैयाँ चौरासी पैसा खर्च भएको पारिवारिक स्रोतले जनाएको छ।

रकम संकलन सुरु 

स्वर्गीय सापकोटाको परिवारलाई सहयोग स्वरूप स्पेनमा रकम संकलन कार्य सुरु भएको छ। एनआरएनए स्पेनको नेतृत्वमा स्पेनस्थित संघसंस्थाहरुले सहयोग अभियानमा हातेमालो गरेका छन्।

जनप्रगतिशील मञ्च स्पेनले शनिवार बार्सिलोनामा आयोजना गरेको श्रद्वाञ्जली कार्यक्रममा रकम संकलन समेत गर्ने निर्णय गरेको हो।

बालबालिकाको पठनपाठन र जीविकोपार्जनमा केही मद्दत मिलोस भन्ने उद्देश्यले एनआरएनए स्पेनका अध्यक्ष शालिकराम डुम्रेको संयोजकत्वमा सहयोग समिति गठन गरिएको संघले जनाएको छ।

स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले स्वर्गीय सापकोटाको परिवारलाई व्यक्तिगत रुपमा दुई सय युरो सहयोग गरेकी छिन्।

स्पेनमा रहेका नेपालीहरुले पनि स्वतस्फुर्त रुपमा सहयोग गर्ने क्रम जारी रहेको छ। रकम संकलनको विवरण छिट्टै सार्वजनिक गरिने सहयोग समितिले जनाएको छ।

लेखकको बारेमा
वसन्त रानाभाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?