+
+

जुम्लामा ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै प्रचण्डले भने : राजतन्त्रको प्रेतात्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १५:२९
जुम्लामा भएको सभामा प्रचण्ड र सहभागीहरु । तस्वीर : नेत्र शाही/अनलाइनखबर

२२ कात्तिक, जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको अबको प्राथमिकता कर्णालीको विकास रहने बनाएका छन् ।

जुम्लामा भएको चुनावी सभामा उनले गठबन्धनको जीत सुनिश्चित भएको दाबी गर्दै अबको विकास कर्णाली र सुदूरपश्चिममा हुने बताए ।

कर्णालीको बाटो कालोपत्र मात्रै होइन फराकिलो बनाउन आवश्यक भएको उनले बताए ।

प्रचण्डले सिंजा सभ्यता नेपालको गौरवको सभ्यता भएकाले राज्यले सिंजा सम्वन्धी विशेष प्रतिष्ठान बनाएर काम गर्ने बताए । भने, ‘सिंजा सभ्यताको विकास र संरक्षणका लागि जुम्ला मात्रै होइन नेपालका लागि संरक्षण गर्न आवश्यक छ ।’

प्रचण्डले राप्रपाबाट जुम्लामा  प्रतिनिधिसभाका उम्मेदवार बनेका ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै राजतन्त्रका प्रेतात्माहरु जुम्लामा पनि चिच्याइरहेको बताए । ‘राजतन्त्रका प्रेतात्माहरु जुम्लामा पनि चिच्याइरहेको छन्’, प्रचण्डले भने, ‘यस्ता सामन्तवादीहरुलाई जनताले शून्य बनाएर छोडिदिने छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?