२२ कात्तिक, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–८ निगुराङमा मदिरा सेवन गरी आफैंले आगो लगाउँदा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
विशाल चेपाङको खरले छाएको काठ, ढुङ्गा र माटोले बनेको एकतले कच्ची घरमा बुवा कृष्णबहादुर प्रजाले मदिरा सेवन गरी मंगलबार साँझ आगो लगाएका थिए ।
आगलागीबाट घरमा रहेको अन्नपात र लत्ताकपडा समेत जलेर पूर्ण नष्ट भएको छ । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4