+
+

दराजको ‘सेल ११:११’ स्किम : सुजुकीका बाइक-स्कुटर किन्दा विशेष छुटको अवसर

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १२:४९

काठमाडौं । दराजले ‘सेल ११:११’ स्किममा सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले नगद १० हजार रुपैयाँ फ्ल्याट छुट पाउने भएका छन् । दराजको तर्फबाट ५ हजारदेखि ११ हजार १११ रुपैयाँसम्म नगद छुट जित्न सक्नेछन् । यो अफर भीजी सुजुकीले ५ नोभेम्बरदेखि १९ नोभेम्बरसम्म दराजमा चल्ने ११:११ सेल स्किममा लागु हुने छ |

भीजी अटोमोबाइल्स सुजुकीका मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता हो | भीजी अटोमोबाइल्सले  दराजको ११:११ सेलमा आफ्ना स्कुटर तथा मोटरसाइकलको खरिदमा उक्त छुट दिने भएको कम्पनीले बताएको छ ।

यो स्किम दराज अप्पको सुजुकी फ्ल्यागशिभ स्टोरमा मात्र उपलब्ध हुने कम्पनीको भनाइ छ । दराज सेल ११:११ मा ग्राहकले सुजुकी एभेनिस १२५, सुजुकी एसेस १२५, सुजुकी वर्गम्यान १२५, सुजुकी हायते र सुजुकी जिक्सर १५५ खरिद गर्न सक्नेछन् ।

ग्राहकले अप्पबाट सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिद गरेको फोटो र पैसा तिरेको भौचर सुजुकी शोरुममा उपलब्ध गराए पश्चात कम्पनीले ग्राहकलाई डेलिभरी दिने छ । सन् २०२० यता भीजी सुजुकीले दराजसँग मिलेर क्याम्पेन चलाउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?