+
+

नेपाली मुलकी सरहाना श्रेष्ठले अमेरिकामा जितिन् चुनाव

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १४:०३

२३ कात्तिक, काठमाडौं । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कको राज्यसभामा नेपाली मुलकी सरहाना श्रेष्ठले चुनाव जितेकी छिन् ।

‘न्याय र जलवायु परिवर्तन’का क्षेत्रमा सक्रिय रहेकी श्रेष्ठले ३५ हजार ४ सय ९३ मत ल्याएर चुनाव जितेकी हुन् ।

मंगलबार भएको चुनावमा उनले रिपब्लिकन पार्टीका उम्मेदवार प्याट्रिक सिहानलाई हराइन । सन् २००१ मा अमेरिका गएकी श्रेष्ठले २०१९ मा अमेरिकी नागरिकता लिएकी थिइन । श्रेष्ठ डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिका पार्टीको मिड हड्सन उपत्यका च्याप्टरको उपाध्यक्ष पनि हुन् ।

पार्टीको आन्तरिक प्रतिस्पर्धामा १३ पटक चुनाव जितिसकेका व्यक्तिलाई हराउँदै उनी उम्मदवार बनेकी थिइन् । उनी अमेरिकामा ग्राफिक्स डिजाइनरको काम गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?