+
+

हिमालयन बैंक र दराजबीच ११.११ अभियानमा छुटसम्बन्धी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १६:५९

काठमाडौं । हिमालयन बैंक लिमिटेड र दराज बीच ११.११ अभियानमा छुट दिनेसम्बन्धी विषयमा सोमबार सम्झौता भएको छ । हिमालयन बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमू प्रालि बीच बैंकका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने विषयमा सम्झैता भएको हो । यो योजना २५ कात्तिकदेखि लागु हुनेछ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक विजयमान नकर्मी र दराजको पेमेन्ट तथा पार्टनरसीप प्रमुख अरुण फुँयालले हस्ताक्षर गरे ।

बैंकका ग्राहकहरुले दराजको ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा आफ्नो डेबिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २ हजार ५०० रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई—कमर्सका लागि सक्रिय गर्नु पर्नेछ । ग्राहकहरुले हिमालयन बैंकको मोबाइल बैंकिङबाट आफैंले नै आफ्नो कार्डमा ई—कमर्स सक्रिय गर्ने सुविधा प्रदान गरेको छ । यी पूर्वभुक्तानी छुटहरु सीमित र छुटमा केही शर्तहरु लागु हुने भएकोले दराजको ११.११ अभियान अन्तर्गत ग्राहकहरुले छुट प्राप्त गर्न यथाशिघ्र कार्डबाट पूर्वभुक्तानी गरी समानहरु खरिद गर्नु पर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?