+

साफ यू–१५ महिला च्याम्पियनसिप : लगातार तेस्रो जितसहित नेपाल उपाधि नजिक

२०७९ कात्तिक  २३ गते १८:३१ २०७९ कात्तिक २३ गते १८:३१
साफ यू–१५ महिला च्याम्पियनसिप : लगातार तेस्रो जितसहित नेपाल उपाधि नजिक

२३ कात्तिक, काठमाडौं । साफ यू–१५ महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले भुटानलाई १-० गोलले पराजित गरेको छ ।

बंगलादेशको बीएसएसएस मुस्तफा कमल मैदानमा दोस्रो हाफको सुरुमै सब्स्टिच्युड सेनु परियारले गरेको गोल नेपालको जितमा निर्णायक बन्यो । वर्षा ओलीको स्थानमा मैदान छिरेकी उनले ४९औं मिनेटमा गोल गरेकी थिइन् ।

यो जितसँगै नेपालले उपाधिको सम्भावना बलियो बनाएको छ । प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो । यसअघि भुटानलाई नै ७–० ले हराएको नेपालले घरेलु टोली बंगलादेशमाथि १-० गोलअन्तरको जित रचेको थियो ।

तीन टोली सम्मिलित प्रतियोगिता डवल राउण्ड रोविन प्रणालीमा खेलाइएको छ । भुटानले नेपाल र बंगलादेशसँग दुवै खेलमा पराजित भएपछि नेपाल र बंगलादेशबीच हुने प्रतियोगिताको अन्तिम खेलले उपाधिको छिनोफानो लगाउनेछ ।

नेपालसँग पराजित भए पनि बंगलादेशले भुटानमाथि क्रमसः ८-० र ९-० को जित हासिल गरेको थियो । प्रतियोगितामा नेपालले अहिलेसम्म गोल ब्यहोरेको छैन । बंगलादेशसँग हुने अन्तिम खेल बराबरीमा रोके पनि नेपालले उपाधि जित्नेछ ।

नेपाल महिला फुटबल साफ यू–१५ महिला च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय