+
+

प्रारम्भिक सम्झौता भएको ६ महिनामा मर्जर सक्नुपर्ने

सेयर संरचना १ वर्षभित्र मिलाउनु पर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १५:२६

२४ कात्तिक, काठमाडौं । सूचीकृत संगठित संस्थाले गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रिया प्रारम्भिक सम्झौता गरेको ६ महिनामा सम्पन्न गर्नुपर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले बिहीबार ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका-२०७९’ जारी गर्दै प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र मर्जर सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको हो ।

‘संगठित संस्थाले गाभ्ने/गाभिने वा प्राप्ति कार्य प्रारम्भिक सम्झौता भएको ६ महिना भित्र सम्पन्न गरि सक्नु पर्नेछ’ जारी निर्देशिकामा भनिएको छ । उक्त समयावधि भित्र गाभ्ने/गाभिने वा प्राप्ति कार्य सम्पन्न नभएमा सम्बन्धित संगठित संस्थाको सञ्चालक समिति जवाफदेही हुने निर्देशिकामा उल्लेख छ ।

यस्तै मर्जरमा जाँदा संगठित संस्थाले सम्बन्धित नियमनकारी निकाय वा प्रचलित कानुनले तोकेको सेयर स्वामित्व संरचना कायम हुने गरी मिलाउनु पर्ने व्यवस्था गरेको छ । यस्तो सेयर स्वामित्व संरचना एकीकृत व्यवसायिक कारोबार सुरु गरेको एक वर्षभित्र सम्पन्न गरी सक्नु पर्ने निर्देशिकामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?