+
+

सानिमा बैंक र दराजबीच ‘सेल ११.११’ स्किमका लागि सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १८:१०

काठमाडौं । सानिमा बैंक लिमिटेड र दराजबीच दराजको ‘सेल ११.११’ स्किममा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजार ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार यो योजना २५ कात्तिकदेखि १ मंसिरसम्म ७ दिनका लागि लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?