+
+

राजेन्द्र लिङ्देन भन्छन् : छोरी दिँदा जस्तै विचार गरौं भोट दिँदा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १८:२६

२४ कात्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले दलदलमा फसेको मुलुकलाई उद्धार गर्नका लागि अबको चुनावमा राम्रो उम्मेदवारलाई छान्न मतदातालाई आग्रह गरेका छन् ।

बिहीवार मकवानपुरको बकैया गाउँपालिकाको जुरेलीमा आयोजित चुनावी सभामा उनले भने, ‘छोरी दिँदा जसरी सोच विचार गरेर दिन्छौँ, भोट दिँदा पनि त्यसै गरौं ।’

अहिलेका सिमित दलहरुले देशलाई चक्रव्युहमा फसाएको उनले आरोप लगाए । देश बचाउने अभिभारा जनताको काँधमा आएको भनाइ राख्दै उनले जनताहरु जागरुक बन्नुपर्ने बताए ।

राप्रपाले पछिल्लो ५ वर्षको अवधिमा राष्ट्रियता र जनताको हितको पक्षमा वकालत गर्दै आएको उनले बताए ।

देशको विकास र समृद्धिका लागि आफ्नो पार्टीलाई सरकारमा पठाउने गरि मतदान गरिदिन उनले आग्रह गरे । उनले भने, ‘तपाईंहरुले भोट दिएर सरकारमा पठाउनुभयो भने हामी ओरालो लागेको अर्थतन्त्र सुधार गर्नेछौं । औद्योगिक क्षेत्रको विकास गरी रोजगारीको सिर्जना गर्नेछौं ।’

मकवानपुर–१ मा राप्रपाका दीपकबहादुर सिंहसहित १६ जना प्रतिनिधिसभाको उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?