+
+

‘कश्मीर फाइल्स’ निर्देशक विवेक अग्निहोत्रीले घोषणा गरे नयाँ फिल्म ‘द भ्याक्सिन वार’

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते ११:५०

काठमाडौं । ‘द कश्मीर फाइल्स’को सफलतापछि बलिउड निर्देशक विवेक अग्निहोत्रीको नयाँ फिल्मलाई लिएर दर्शकमाझ पर्खाइ छ । तर अब प्रतीक्षाको घडी सकिएको छ ।

विवेक अग्निहोत्रीले आफ्नो आगामी फिल्मको शीर्षक घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत विवेकले आगामी फिल्म ‘द भ्याक्सिन वार’ हुने जानकारी दिएका छन् । साथै उनले फिल्मको रिलिज मिति समेत सार्वजनिक गरेका छन् । ‘द भ्याक्सिन वार’ आगामी वर्षको १५ अगस्टमा रिलिज हुनेछ । यो दिन भारतको स्वतन्त्रता दिवस समेत हो ।

विवेकले आफ्नो नयाँ फिल्म १० भाषामा रिलिज हुने समेत बताएका छन् । फिल्म हिन्दीका साथै अंग्रेजी, तेलुगू, तमिल, मलायलम, कन्नड, भोजपुरी, पञ्जाबी, गुजराती, मराठप् र बंगाली भर्सनमा रिलिज हुनेछ ।

फिल्मले कोरोनाविरुद्धको खोपमा विश्व राजनीतिको विषयलाई उठान गर्ने उनले संकेत गरेका छन् । फिल्मको निर्मातामा पल्लवी जोशी रहनेछिन् । कलाकारका विषयमा भने कुनै पनि घोषणा गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?