+
+

नोभेम्बर १५ मा पृथ्वीमा मानवको जनसंख्या ८ अर्ब पुग्नेछ

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभागले सार्वजनिक गरेको वर्ल्ड पपुलेशन प्रोस्पेक्ट्स २०२२ रिपोर्ट अनुसार सन् २०२२ को नोभेम्बर १५ मा विश्वको जनसंख्या ८ अर्ब पुग्नेछ । यस्तै सन् २०५० सम्म विश्वका ८ देशमा सबैभन्दा तीव्र रुपमा जनसंख्या वृद्धि हुनेछ । त्यसमा कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १३:२७

काठमाडौं । हामी, अर्थात् मानिस । वैज्ञानिक भाषामा होमो सेपियन्स । वास्तवमा मानव जाति जनसंख्या बढाउनमा खप्पिस छ । पृथ्वीमा मानिसको संख्या १ अर्बबाट २ अर्ब पुग्नका लागि १ सय २५ वर्ष लाग्यो । तर ७ अर्बदेखि ८ अर्ब पुग्नका लागि भने जम्मा १२ वर्ष लाग्ने भएको छ । अर्थात् आगामी नोभेम्बर १५ मा पृथ्वीमा मानिसको जनसंख्या ८ अर्ब पुग्दैछ ।

मानिसको संख्या बढ्ने दरमा पछिल्लो केही दशकदेखि गिरावट आइरहेको छ । तर यसका बावजुत सन् २०३७ सम्म विश्वको जनसंख्या ९ अर्ब र सन् २०५८ सम्ममा १० अर्ब पुग्नेछ ।

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभागले सार्वजनिक गरेको वर्ल्ड पपुलेशन प्रोस्पेक्ट्स २०२२ रिपोर्ट अनुसार सन् २०२२ को नोभेम्बर १५ मा विश्वको जनसंख्या ८ अर्ब पुग्नेछ ।

संयुक्त राष्ट्रसंघ जनसंख्या कोषकी प्रमुख नतालिया कानेमका अनुसार यो घटना मानव इतिहासमा कोशेढुंगा साबित हुन गइरहेको छ । किनकी अब आमा र बच्चाको मृत्यु कम हुनेछ ।

आफूलाई मानिसको बढ्दो जनसंख्याप्रति कुनै डर नरहेको तर साधन श्रोतको खपत तीव्र रुपमा बढ्ने कुराको चाहिँ डर रहेको नतालिया बताउँछिन् । श्रोत साधनको उपयोगका विषयमा विश्वका सबै देशले ध्यान दिनुपर्ने र प्रजनन दर उच्च भएका देशहरु अझै सचेत बन्नुपर्ने उनको भनाइ छ ।

विश्व वन्यजन्तु कोष तथा ग्लोबल फुटप्रिन्ट नेटवर्कका अनुसार जुन गतिले मानिसको जनसंख्या बढिरहेको छ, त्यो हिसाबले हाम्रो पृथ्वीको श्रोत साधन कम हुनेछ । अर्थात् पृथ्वीको श्रोतसाधनमा ७५ प्रतिशतको बढोत्तरी हुनुपर्नेछ । तर यस्तो हुनु सम्भव छैन ।

संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी रिपोर्ट अनुसार बढ्दो हरितगृह ग्याँसको उत्सर्जनको मुख्य कारण भनेकै बढ्दो जनसंख्या हो । अर्कोतर्फ बढ्दो जनसंख्याले आर्थिक विकासमा कम मद्दत गरिरहेको छ ।

संयुक्त राष्ट्रसंघको रिपोर्ट अनुसार सन् २०५० सम्म विश्वका ८ देशमा सबैभन्दा तीव्र रुपमा जनसंख्या वृद्धि हुनेछ । त्यसमा कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया रहेका छन् । सन् २०५० सम्ममा हुने जनसंख्या वृद्धिमध्ये आधा योगदान अफ्रिकाका सब सहारामा पर्ने देशबाट हुनेछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?