
काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको सीतापाइलामा आफ्नो शाखा विस्तार गरेको छ ।
सानिमा बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले शुक्रबार नयाँ शाखा कार्यालयको उद्घाटन संयुक्त रुपमा गरे ।
कार्यक्रममा सानिमा बैंकका अध्यक्ष पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिने बताए ।
प्रमुख कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोगका लागि आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4