+
+

ओनसरी भन्छिन् : मंसिर ४ मा ओली दण्डित हुँदैछन्

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १८:५६

२५ कात्तिक, काठमाण्डौं । पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले एमाले अध्यक्ष केपी ओलीलाई दण्डित गर्ने बताएकी छन् ।

‘केपी ओलीले बहुमतको सरकार चलाउन नसकेर ५ वर्षका लागि जनताले दिएको जनादेशलाई लत्याउँदै दुईपटकसम्म संसद विघटन गर्नुभयो’, नाङ्लेभारेमा शुक्रबार आयोजित चुनावी कार्यक्रम उनले भनिन्, ‘मैले सुनेको छु, केपी ओलीले आफ्नो दलको बहुमत आउँछ भन्दै हिंड्नुभएको रे । जनताले पाँच वर्षका लागि दिएको म्याण्डेट तोडेर पार्टी फुटाउनुभयो, संसद विघटन गर्नुभयो । अब जनताले उहाँलाई अभिमत होइन सजाय दिनुपर्छ । ओलीजी मंसिर ४ मा जनताले दिने सजाय भोग्न तयार भएर बसे हुन्छ ।’

घर्तीले मुलुकले स्थिर सरकारसहित शान्ति र विकास चाहेको र त्यो आफूहरुको गठबन्धनले मात्र दिन सक्ने दाबी गरिन् । ‘देशले आज समृद्धि, शान्ति र स्थिर सरकार मागेको छ । देशले आज संविधान र  व्यवस्थाको रक्षा मागेको छ’, उनले भनिन्, ‘नेपाली जनताले रगत र पसिना बगाएर ल्याएको यो व्यवस्था हामी जोगाउँछौं ।’

ठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवार उनले गठबन्धनले शिक्षा, स्वास्थ्य, सडक लगायतका विकासका एजेण्डा लिएर मत माग्न आएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?