+
+

विश्वकप १९५४ : ‘मिराकल अफ बर्न’मार्फत जर्मनीको उदय

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २६ गते ९:०३

२६ कात्तिक, काठमाडौं । दोस्रो विश्वयुद्धबाट नराम्रोसँग प्रताडित युरोपेली देश भएकै कारण स्वीट्जरल्याण्डले सन् १९५४ को विश्वकप आयोजना अधिकार पाएको थियो । योसँगै १६ वर्षपछि प्रतियोगिता युरोपमा फर्कियो ।

स्वीट्जरल्याण्डले आफ्ना ६ शहरमा विश्वकपको खेल सन्चालन गरेको थियो । साविक विजेता उरुग्वेबाहेक १४ टिमले युरोप, अमेरिका र एसियाको छनोट प्रक्रिया पार गरेका थिए । अघिल्लो संस्करणमा ब्राजिलको उग्र भिडलाई ध्यानमा राखेर केहि नियम परिवर्तन गरिएको थियो । जसले गर्दा आल्प्स पर्वतको बीचमा रहेको रंगशालामा भीड कमै देखियो ।

यद्यपी फिल्डभित्रका गतिविधिले यो संस्करणको सौन्दर्यमा भर्पाई गरिदियो । प्रतियोगितामा थुप्रै हाइस्कोरिङ खेल देखिए र जसले धेरै कीर्तिमान तोडिए ।

९० मिनेटभित्रको खेलमा अस्टि्रयाले स्वीट्जरल्याण्डलाई ७-५ गोलले हराएको थियो । यो नतिजा अहिलेसम्म पनि विश्वकपमा एकै खेलमा भएको धेरै गोलको कीर्तिमान हो । प्रतियोगितामा पहिलोपल्ट छनोट भएको दक्षिण कोरिया १६ गोल खाएर १ गोल पनि नफर्काइ घर फर्कियो ।

फाइनल खेलमा पनि धेरै गोल भए । जसले वर्षौसम्म एक ठूलो हारका रुपमा सम्भिmने स्थिति बन्यो । १९५२ मा ओलम्पिक स्वर्ण र लगातार ३२ खेलसम्म अविजित रहेको हंगेरी यो विश्वकपमा उपाधिको मुख्य दावेदार थियो ।

हंगेरीका स्टार खेलाडीहरुको नेतृत्व फुटबलका पहिलो ग्लोबल सुपरस्टार फेरेन्क पुसकासले गरेका थिए । पश्चिम जर्मनीसँगकै समूह चरणको खेलमा पुसकार चोटग्रस्त बनेका थिए र उनी पूर्ण फिट भइसकेका थिएनन् ।

यद्यपी फाइनलमा छैटौं मिनेटमै गोल गरी आफ्नो टिमलाई अग्रता दिलाउन सफल रहे । त्यसको दुई मिनेटपछि नै जोल्टन जिबोरले गोल गरेपछि विश्वकप उपाधि लगभग पश्चिम जर्मनीको हातबाट फुस्किसकेको थियो ।

तर, जर्मनीले आफ्नै शैलीमा खेलमा पुनरागमन गर्न सफल रहृयो । म्याक्स मोर्लकले दशौं र हेल्मट राहनले १८औं मिनेटमा गोल गरेपछि खेल बारबरीमा आयो ।

२४औं मिनेटमा मोरलकले अर्को गोल गपे । पश्चिम जर्मनीले इतिहाससहित पहिलो विश्वकप जित्यो । विश्व फुटबलमा यो फाइनललाई मिराकल अफ बर्नको नामबाट चिनिन्छ । बर्न स्वीट्जरल्याण्डको राजधानी शहरको नाम हो ।

विश्वकप इतिहासमा यो संस्करण अहिलेसम्मकै धेरै गोल भएको प्रतियोगिता हो । जहाँ प्रतिखेल ५.३८ को औषतमा १४० गोल भएको थियो ।

यो टेलिभिजनमा प्रशारण भएको पहिलो विश्वकप बन्यो । यद्यपी सबै खेलको प्रशारण गरिएन भने प्रशारित भएका पनि पूर्ण खेल देखाइएको थिएन । विश्वका पहिलो फुटबल सुपरस्टार पुसकासले आफ्नो पहिलो विश्वकप खेलेका थिए ।

दक्षिण अमेरिकी पावरहाउस अर्जेन्टिनाले लगातार तेस्रोपल्ट विश्वकप खेल्न अस्वीकार गरेको थियो ।

तथ्यांकमा पाँचौं विश्वकप

आयोजकः स्वीट्जरल्याण्ड
टिमः १६
फर्म्याट : समूह चरण, नकआउट
खेल : २६
गोल : १४०
विजेता : पश्चिम जर्मनी
उपविजेता : हंगेरी
गोल्डेन बुट : सन्दोर कोक्सिस (हंगेरी)

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?