+

सुदूरपश्चिम रोयल्सले अनुबन्ध गर्‍यो दोस्रो अस्ट्रेलियन खेलाडी

२०८२ कात्तिक  १७ गते १७:३५ २०८२ कात्तिक १७ गते १७:३५
सुदूरपश्चिम रोयल्सले अनुबन्ध गर्‍यो दोस्रो अस्ट्रेलियन खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाका जोश ब्राउन सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा खेल्ने भएका छन्।
  • ब्राउनले सन् २०२३-२४ को बिग ब्यास लिगमा ४१ बलमै शतक पूरा गर्दै १४० रनको इनिङ खेलेका थिए।
  • एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने छ।

१७ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका जोश ब्राउनले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।

सुदूरले विज्ञप्ति जारी गरेर उनलाई अनुबन्ध गरिएको जानकारी दिएको छ । ब्राउनले अस्ट्रेलियाको बिग ब्यास लिगमा हाल भने मेलबर्न रेनेगेड्सबाट बाट खेल्दै आएका छन् ।

त्यसअघि उनले दुई सिजन ब्रिसबेन हिटबाट खेलेका थिए । सन् २०२३-२४ को बिग ब्यास लिगमा ब्रिसबेनबाट खेल्दा उनले एडिलेडसँगको खेलमा ४१ बलमै शतक पूरा गर्दै १४० रनको इनिङ खेलेका थिए ।

उनले अस्ट्रेलियाको टोलीबाट भने खेलेका छैनन् । उनले टी-२०मा ४० खेलमा ९४५ रन बनाएका छन् ।

‘एनपीएल खेल्न आउने कुरामा धेरै उत्साहित छु। नेपाली समर्थकलाई छिट्टै भेट्ने छु’ ब्राउनले भनेका छन् । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले ब्राउनले बीबीएलमा आफ्नो बेग्लै छाप छोडेको र नेपालमा पनि उनको उत्कृष्ट प्रदर्शन हुनेमा विश्वस्त रहेको बताए।

सुदूरले यसअघि अस्ट्रेलियाकै क्रिस लिनलाई अनुबन्ध गरिसकेको छ भने न्युजिल्यान्डका स्कट कुग्लेइन र अमेरिकाका हर्मीत सिंहलाई दोस्रो सिजनका लागि निरन्तरता दिएको छ ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुँदैछ ।

जोश ब्राउन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय