News Summary
Generated by OK AI. Editorially reviewed.- एन्फा र ए डिभिजन क्लबहरूले यस वर्ष पुसदेखि राष्ट्रिय लिग फुटबल गर्ने र अर्को वर्ष पुसमा होम एन्ड अवे फर्म्याटमा ए डिभिजन लिग गर्ने सहमति गरेका छन्।
- मकवानपुरमा एन्फा प्रेसिडेन्ट लिग आयोजना हुनेछ जहाँबाट ४ टोलीले राष्ट्रिय लिगमा स्थान बनाउनेछन्।
- राष्ट्रिय लिग विजेताले एएफसी च्यालेन्ज लिगमा सहभागिता जनाउनेछ र अर्को वर्ष पुस ३ देखि ए डिभिजन लिग सुरु हुनेछ।
१७ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यस वर्ष राष्ट्रिय लिग फुटबल गरेर अर्को वर्ष ए डिभिजन लिग फुटबल गर्ने सहमति भएको छ ।
सोमबार एन्फा कम्प्लेक्समा एन्फा र क्लबहरूबीच बसेको बैठकपछि यो वर्ष पुसदेखि राष्ट्रिय लिग गर्ने र अर्को वर्ष पुसमा होम एन्ड अवे फर्म्याटमा ए डिभिजन लिग गर्ने सहमति भएको हो ।
राष्ट्रिय लिगभन्दा अगाडि मकवानपुरमा एन्फा प्रेसिडेन्ट लिग पनि हुनेछ जहाँबाट ४ टोलीले राष्ट्रिय लिगमा स्थान बनाउने छन् । राष्ट्रिय लिगमा गत संस्करणको ए डिभिजन लिगमा शीर्ष ६ मा रहेका टोली (चर्च व्वाईज युनाईटेड क्लब, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस टिम, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब र एनआरटी) र प्रेसिडेन्ट लिगबाट गएका ४ टोली गरी १० टोलिको प्रतिस्पर्धा हुनेछ ।
यही वर्ष पुस ९ बाट सुरु हुने राष्ट्रिय लिगको विजेता टोलीले एएफसी च्यालेन्ज लिगमा सहभागिता जनाउनेछ ।
त्यसपछि अर्को वर्ष पुस ३ देखि ए डिभिजन लिग फुटबल होम एन्ड अवे फर्म्याटमा सञ्चालन हुनेछ ।



प्रतिक्रिया 4