+

एन्फा प्रेसिडेन्ट लिग मकवानपुरमा हुने, विजेतालाई १० लाख

२०८२ कात्तिक  १७ गते १८:१८ २०८२ कात्तिक १७ गते १८:१८
एन्फा प्रेसिडेन्ट लिग मकवानपुरमा हुने, विजेतालाई १० लाख

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एन्फाले कात्तिक १९ देखि मंसिर २ गतेसम्म मकवानपुरको गौरीटार रंगशालामा प्रेसिडेन्ट लिग आयोजना गर्ने भएको छ।
  • प्रतियोगितामा जिल्ला र प्रदेश लिगबाट छनोट भएका १० टिम दुई समूहमा विभाजन गरी लिग–कम–नकआउट प्रारूपमा प्रतिस्पर्धा गर्नेछन्।
  • विजेताले १० लाख नगद र ट्रफी पाउनेछन् भने उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।

१७ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा एन्फा प्रेसिडेन्ट लिग यही कात्तिक १९ देखि मंसिर २ गतेसम्म मकवानपुरको गौरीटार रंगशाला, हेटौंडा–६ मा हुने भएको छ।

एन्फाको फुटबल विकास कार्यक्रमअन्तर्गत देशभरका जिल्ला लिग च्याम्पियन र प्रदेश लिगबाट छनोट भएका १० टिम प्रतियोगितामा सहभागी हुने छन्। टिमहरूलाई दुई समूहमा विभाजन गरी लिग–कम–नकआउट प्रारूपमा खेलाइनेछ। प्रत्येक समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन्।

सेमिफाइनलमा पुगेका चार टिमले यसै वर्ष हुने राष्ट्रिय लिगमा पनि सहभागिता जनाउने अवसर पाउनेछन्। प्रतियोगिताको स्थानीय आयोजक मकवानपुर जिल्ला फुटबल संघ रहनेछ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख नगद पाउनेछ । त्यस्तै फेयर प्ले टिमलाई ५० हजार नगद दिइनेछ ।

सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उच्च स्कोरर र उत्कृष्ट गोलरक्षकलाई २५ हजार नगद पुरस्कार दिइनेछ । प्लेयर अफ द म्याचले ५ हजार नगद प्राप्त गर्नेछन् ।

सहभागी टिमहरूलाई ७ लाख रुपैयाँ तयारी खर्च प्रदान गरिनेछ। प्रतियोगिताको कुल बजेट १ करोड ५४ लाख ५४ हजार ४२५ रहेको एन्फाले जनाएको छ।

सहभागी क्लबहरूमा गाईघाट फुटबल क्लब (उदयपुर), जन जागृति युवा क्लब (बर्दिया), देउराली युथ क्लब (धनकुटा), काकेविहार युथ क्लब (सुर्खेत), नव जाग्रिती क्लब (बारा), विजय स्पोर्ट्स क्लब (कैलाली), चित्लाङ फुटबल क्लब (काठमाडौं), हैरान्स क्लब (तनहुँ), टाइगर्स टिम टिकाथली (दोलखा), र लालीगुराँस एशोसियन क्लब (कास्की) छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फा एन्फा प्रेसिडेन्ट लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय