News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रहरीका निरिक्षक रविन्द्र चन्द भारतको गोवास्थित मिरामार बिचमा आइरन म्यान ७०.३ प्रतियोगितामा सहभागी हुने भएका छन्।
- प्रतियोगिताको कुल दुरी ११३ किलोमिटर रहेको छ, जसमा पौडी १.९ किलोमिटर, साइक्लिङ ९० किलोमिटर र दौड २१.१ किलोमिटर समावेश छन्।
- नेपाल ट्रायथलन संघले आयोजना गरेको विदाइ कार्यक्रममा अध्यक्ष निलेन्द्रराज श्रेष्ठ र उपाध्यक्ष धिरजप्रताप सिंहले रविन्द्रलाई ट्रिसुट र साइकल हस्तान्तरण गरेका छन्।
१७ कात्तिक, काठमाडाैं । नेपाल र नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रहरी निरिक्षक रविन्द्र चन्द आइरन म्यान ७०.३ मा सहभागी हुने भएका छन् । सो प्रतियोगिता भारतको गोवास्थित मिरामार बिचमा हुँदैछ ।
यस इभेन्टको कूल दुरी ११३ किलोमिटर रहेको छ । जसअन्तर्गत पौडी १.९ किलोमिटर, साइक्लिङ ९० किलोमिटर र दौड २१.१ किलोमिटर रहेको छ । रविन्द्र हाल नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा कार्यरत् छन् ।
नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ तथा उपाध्यक्ष एवम् पूर्व प्रहरी महानिरिक्षक धिरजप्रताप सिंहलगायतको उपस्थितिमा रविन्द्रलाई शुभकामना तथा विदाइ कार्यक्रममा ट्रिसुट र साइकल हस्तान्तरण गरियो ।
सो विदाई कार्यक्रम नेपाल ट्रायथलन संघले आयोजना गरेको हो ।
प्रतिक्रिया 4