+
+

क्रिकेटका नवनियुक्त कप्तान पौडेललाई प्रधानमन्त्री देउवाले दिए बधाई

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २६ गते ९:२४

२६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका नवनियुक्त कप्तान  रोहित पौडेललाई बधाई दिएका छन् ।

प्रधानमन्त्री देउवाले शिनबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत कप्तान पौडेललाई बधाइ दिएका हुन् ।

उनले बधाई दिंदै पौंडेलको नेतृत्वमा  नेपाली क्रिकेटले अझै सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्।

बलात्कार अभियोगपछि सन्दीप लामिछाने निलम्बनमा परेपछि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार  रोहितकुमार पौडेललाई कप्तान नियुक्त गरेको हो ।

प्रधानमन्त्री देउवाले साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको नेपाली फुटबल टिमलाई पनि बधाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?