+
+

विगतको भन्दा ठूलो मतान्तरले विजयी हुन्छु : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २६ गते १६:२९

२६ कात्तिक, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न निर्वाचनमा आफूले विगतको भन्दा ठूलो मतान्तरले विजयी बन्ने दाबी गर्नुभएको छ ।

शनिबार रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी घरदैलो कार्यक्रममा सहभागी बन्दै उनले यस वर्ष मतदाताहरुबाट विगतको भन्दा असाधारण साथ सहयोग रहेको उल्लेख गरे ।

‘हामीले जनताको अपार समर्थन प्राप्त भइरहेको देखिरहेका छौँ । यो समर्थन, सद्भावकाप्रति नतमस्तक भएर मतदाता महानुभावहरुलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छौं’ पौडेलले भने, ‘विगतका कुनैपनि मतान्तर भन्दा फराकिलो मतान्तरमा यसपटक प्रतिनिधि सभा र प्रदेश सभामा सानदार ढंगले हामी जित दर्ता गर्नेछौं ।’

रुपन्देही–२ बाट प्रतिनिधि सभा उम्मेदवार रहेका पौडेलसँगको प्रतिस्पर्धामा सत्तारुढ गठबन्धनको समर्थनमा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?