२७ कात्तिक, जुम्ला । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ८४८ जना कर्मचारी खटिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका १०८ मतदान केन्द्रमा कर्मचारी खटाइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको कर्मचारी खटनपटनको सूची अनुसार १०६ वटा स्थायी र २ वटा अस्थायी गरी ८४८ जना कर्मचारी खटाइएको छ ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस विष्णुप्रसाद गौतमका अनुसार १०८ जना मतदान अधिकृत र १०८ जना सहायक मतदान अधिकृतसहित कर्मचारी खटाइएको हो ।
उनका अनुसार ९९ मतदान केन्द्रमा ८ जना कर्मचारीका दरले ७९२ जना, ७ वटा मतदान केन्द्रमा ७ जना कर्मचारीका दरले ४९ जना र दुई वटा अस्थायी मतदान केन्द्रमा ७ जना खटाइएको छ ।
मृख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २५१ जना भन्दा कम मतदाता भएको स्थानमा ७ जना र २५१ भन्दा धेरै मतदाता भएको स्थानमा ८ जनाका दरले कर्मचारी खटाइएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार खटाइएका कर्मचारीलाई तालिम दिएर, सामग्री हस्तान्तरण गरेर पठाइँदैछ ।
प्रतिक्रिया 4