+
+

सिंहदरबारका कर्मचारी बोक्न यातायात व्यवसायी अनिच्छुक, तेस्रो पटक प्रस्ताव आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते १२:४४

२७ कात्तिक, काठमाडौं । सिंहदरबार परिसर र यस आसपासका कर्मचारी ओसार्न सरकारले गरेको प्रस्तावमा यातायात व्यवसायी अनिच्छुक बनेका छन् । सोहीकारण अर्थ मन्त्रालयले यस्तो प्रस्ताव माग्दै तेस्रो पटक सूचना निकालेको छ । पहिलो पटक २ भदौमा अर्थ मन्त्रालयले प्रस्ताव मागेको थियो ।

एकीकृत निजामती कर्मचारी परिबहन सेवा अन्तर्गत ३०–३५ सिट क्षमताका २ वटा बस चलाउने गरी निजी यातायात व्यवसायीबाट मन्त्रालयले गरेको प्रस्ताव आह्वानमा व्यवसायी अनिच्छिुक देखिएपछि मन्त्रालयले आइतबार तेस्रो पटक यस्तो सूचना जारी गरेको छ ।

जसमा इच्छुक व्यवसायीलाई १६औं दिन भित्र सिलबन्दी दरभाउ पत्र पेश गर्न भनिएको छ । अर्थ मन्त्रालयले दैनिक दुई पटक ओसार पसार गर्ने गरी बस चलाउने योजना बनाएको छ । मन्त्रालयले बिहान कार्यालय समय भन्दा १५ मिनेट अगाडि सिंहदरबारको दक्षिण गेटमा आउने र बेलुका कार्यालय समय छुटेपछि १५ मिनेटमा हिड्ने गरी बसको आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?